१. असल वर्गमा वर्गिकरण भएका कर्जाहरुमा हाल १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेमा अब १.३० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने।
असर: यसले गर्दा हाल कायम ४१.५ खर्ब रुपैयाँ मध्ये खराब कर्जा, वाचलिस्टको कर्जा र पुनरतालिकिकरण गरिएका कर्जा घटाउदा ३९ खर्ब रुपैयाँमा थप ०.३० प्रतिशत नोक्सानी व्यवस्था गर्दा ११.७ अर्ब कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने देखिन्छ। यसले बैकिङ क्षेत्रको खुदनाफा ७.४ अर्ब रुपैयाँले घट्ने देखिन्छ। बढी कर्जा रहेका बैकहरुको नाफामा ०७७/०७८ मा बढी असर पर्ने देखिन्छ।
२. कोरोना प्रभावित व्यवसायलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप नै थप गरिएको चालुपुँजीको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशतको हकमा निर्धारित समयमा भुक्तानी हुन नसकेमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने। भुक्तानी अबधि १ बर्षसम्म थप गर्न सक्ने।
असर: यसले गर्दा २५ वा सो भन्दा बढि कर्जा नोक्सानी व्यबस्था गर्नुपर्ने भएका कर्जाहरु पनि ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुँदा नाफामा सकारात्मक असर नै पर्ने देखिन्छ। भुक्तानी नियमित भएका कर्जाहरुमा असल कर्जा जस्तै १.३ प्रतिशत गरे पुग्ने देखिन्छ।
३. आर्थिक वर्ष ०७७/०७८ को अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशत गर्न साउन मसान्तसम्म समय थप।
असर: बैकिङले वित्तीय वितरण प्रकाशित गर्न थप समयावधी पाउने हुँदा खराब कर्जा व्यवस्थापनमा सहजता हुने, असुलीमा समायावधि थप प्राप्त हुने।
४. असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयअवधि भदौ १५ गतेसम्म दिने।
असरः बैकिङ क्षेत्रले वित्तीय वितरण प्रकाशित गर्न थप समयअवधि पाउने हुँदा खराब कर्जा ब्यबस्थापनमा सहजता हुने र बैकिङको बितरणयोग्य नाफामा वृद्दि हुने।
५. कर्मचारीको दक्षता अभिवृद्धिका लागि गर्नुपर्ने कूल तलब भत्ता खर्चको ३ प्रतिशत रकम खर्च गर्नुपर्ने ब्यबस्था ०७७/०७८ का लागि अनिवार्य नहुने।
असरः कोरोनाको बेलामा तालिम खर्च हुन मुस्किल हुने अबस्थालाई सहजता प्रदान गर्दा बैकिङको मुनाफामा सकारात्मक असर पर्ने।
६. आर्थिक वर्षको लाभांश वितरण गर्दा खुद बितरणयोग्य नाफाको ३० वा ०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसतदरको प्रतिशत भन्दा बढी नहुने गरि वितरण गर्न सकिने। यस्तो वितरण योग्य मुनाफा ५ प्रतिशत भन्दा कम भएमा कर प्रयोजनको लागी बाहेक नगद लाभांश वितरण गर्न नपाउने।
असर: बैकिङको लाभांश नगदको साटो बोनस सेयरको रुपमा निर्णय हुने। गत वर्षकै व्यबस्था कायम रहेको। बैंकिङ को निक्षेपको औषत भारित ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यसर्थ नगद लाभांश ५ प्रतिशतको हाराहारी मात्रै रहने देखिन्छ।
(नबिल बैंकका डीजीएम मनोज ज्ञवालीको फेसवुकबाट)