काठमाडौं । सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएपछि बैंकले एकीकृत कारोबार सुरु गरेको छ । विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी शनिबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ।
सिटिजन्स बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे।
२०७८ साल असार २५ गतेसम्मको तथ्यांकको आधारमा अब बैंकको कुल निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ। प्राप्तिपश्चात बैंकको कुल शाखा १ सय ८९ हुनेछ।
हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा प्राप्तिपश्चात साे प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाह र प्रदेश नं २ मा २० वटा शाखा रहेकोमा प्राप्तिपश्चात् साे प्रदेशमा २७ वटा शाखाह संचालनमा आएका छन्।
सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ।
साे कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका अध्यक्ष भण्डारीले यस प्राप्तिपश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए।
मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।