काठमाडौं । आउँदो साउनबाट एकीकृत कारोबार सुरु गर्ने योजनासहित हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने (मर्ज) प्रक्रिया सुरु गरे पनि हिमालयन बैंकले बखेडा झिक्दा प्रक्रिया लम्बिँदै गएको छ ।
हिमालयन बैङ्कका केही सञ्चालकको व्यक्तिगत गलत स्वार्थका कारण मर्ज पछि धकेलिने सम्भावना बढेको हो।
हिमालयन बैंकले नियोजित रुपमै विभिन्न समस्या सिर्जना गरेर मर्ज प्रक्रियालाई पछि धकेल्न लागेको देखिन्छ । स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले पछिल्लो समयमा तयार पारिएको चलअचल सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्टलाई स्वीकृत गरिसकेको छ ।
हिमालयन बैंकको सञ्चालक समितिले उक्त रिपोर्ट स्वीकृत गर्न समेत आनाकानी गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशसम्मको वित्तीय विवरणलाई आधार मानेर डीडीए रिपोर्ट तयार भएको छ । पछिल्लो डीपीएले नेपाल इन्भेष्टमेन्टको भन्दा हिमालयनको राम्रो देखाएको छ ।
एकैदिन प्राप्त भएको डीडीए रिपोर्ट हिमालयनले स्वीकृत गरेको छैन् । ‘अहिल्यै स्वीकृत गरिहाल्न किन हतार गर्नुपर्यो भन्दै उक्त रिपोर्टलाई पन्छ्याइएको छ,’ हिमालयनका एक सञ्चालकले भने, ‘सायद बोर्डको अर्को बैंठकले डीडीए रिपोर्ट स्वीकृत गर्ला ।’
यो पनि हेर्नुहोस
‘अब हामी ठूलो बैंक हुँदैछौं, राष्ट्र बैंकले उत्प्रेरणा जगाउनुपर्छ’-पृथ्वीबहादुर पाण्डे
दुई बैंकबीच असार पछि एकीकृत कारोबार गर्नेगरी बैशाख ३१ सहमति पत्रमा हस्ताक्षर भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंककातर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंककातर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका थिए । एकिकृत बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुनेछ ।
बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हाल हिमालयनका अशोकशम्शेर राणा रहने सहमति भएको छ ।
यो पनि हेर्नुहोस
हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच ‘बिग मर्ज’का लागि एमओयू, यस्तो बन्ने छ बैंकको संरचना
मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३–३ जना सञ्चालक नियुक्त हुनेछन । स्वतन्त्र सञ्चालकको नियुक्ति भने नयाँ सञ्चालक समितिले गर्नेछ । तर, अहिले हिमालयन बैंकले मर्जलाई पछि धकेल्न विभिन्न समस्या उत्पन्न गरिरहेको स्रोतले बताएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै बैंकको कारोबारसमेत रोक्का गरिसकेको छ । असारपछि एकीकृत कारोबार गर्ने लक्ष्यका साथ सम्पूर्ण प्रक्रिया अघि बढाए पनि हिमालयनले प्रक्रियालाई लम्ब्याउन चाहेको देखिएको स्रोतको भनाइ छ ।
यो पनि हेर्नुहोस
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि एमओयू आज, देशकै ठूलो बैंक बन्ने
हिमालयन बैंकले प्रक्रिया लामो बनाउन खोज्दा धेरै सेयर लगानीकर्ता मर्कामा परेका छन् । दुई बैंकबीच ठूलो सेयर होल्ड गर्ने लगानीकर्ताको सेयर कारोबार रोक्का छ । असार मसान्तमा उनीहरुले दुई बैंकमा रहेको सेयर बेचेर आर्थिक व्यवस्थापन गर्ने सोच बनाएकाहरु पनि अप्ठयारोमा परेका छन् ।
उसै पनि दुई बैंक मर्जबाट भाग्ने सम्भावना छैन् । किनभने, नेप्सेले कारोबार रोक्का गरिसकेको छ । कम्पनी रजिष्टारको कार्यालयमा पनि नाम परिवर्तनका लागि पठाइसकिएको छ । नियामक निकाय राष्ट्र बैंकले पनि मर्जबाट पछि आउन दिने सम्भावना छैन् । त्यही भएर मर्जलाई छिटो भन्दा छिटो टुङ्ग्याउनुपर्ने बैंकका सञ्चालक बताउँछन् ।
यो पनि हेर्नुहोस
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जको सम्झौता यसै साता, अध्यक्षमा पृथ्वी र सीईओमा राणा
दुवै बैंकको सेयर स्वाप रेसियो एकबराबर एक हुने प्रारम्भिक सहमति भएको छ । हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १६ अर्ब २६ करोड छ भने हिमालयन बैंकको १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुई बैंकको मर्जरपछि चुक्ता पुँजी २६ अर्ब ९४ करोड हुनेछ । डीडीएले १० प्रतिशतसम्म प्रतिसेयर मूल्यमा तलमाथि देखाए पनि एकबराबर एक अनुपातमै मर्जर हुने बैंकहरूबीच आन्तरिक सहमति भएको छ ।
यो पनि हेर्नुहोस
इन्भेस्टमेन्ट र हिमालयनको मर्जर कुर्दै अन्य बैंक, दबाबका कारण साझेदार खोज्दै
हाल नेपाल इन्भेष्टमेन्टको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ रुपैयाँ करोड छ । चुक्ता पुँजी, कर्जा लगानी र निक्षेप संकलन सबैका आधारमा यो बैंक नेपालकै सबैभन्दा ठूलो बन्नेछ ।
एकिकृत कारोबार गर्न असोजसम्म लाग्ने
हिमालयनका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले प्राविधिक कारणले मर्जर प्रक्रिया लम्बिएको बताएका छन । पहिलो ३ महिनाभित्र मर्जरको काम सक्ने लक्ष्य लिएकोमा बैंकिङ प्रणालीमा परिवर्तन, कर्मचारी व्यवस्थापनलगायत थुप्रै प्राविधिक काम बाँकी रहेको उनले सुनाए ।
उनका अनुसार डीडीए रिपोर्टमा छलफल हुन बाँकी छ । डीडीए रिपोर्टमा पहिलाको भन्दा केही फरक देखिएको छ । पहिला कात्तिकसम्म विवरणका आधारमा तयार गरिएको थियो । पछिल्लो पटक ९ महिनाका विवरण समावेश भएकाले केही फरक आएको छ ।
यो पनि हेर्नुहोस
हिमालयन बैंकसँग मर्जमा जाने कुरा धेरै अघि बढिसकेको छ
‘आर्थिक वर्ष सकिन लागेकाले नाफा नोक्सानको नियमित प्रक्रियालाई छोड्नु भएन । सकेसम्म साउनमा अडिट सकेर भदौसम्म नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर असोजसम्म एकिकृत कारोबार गर्न तयारीमा छौं’ उनले भने ‘मर्जका लागि ३ महिना समय थोरै हुँदोरहेछ । जनशक्ति मिलाउन बाँकी छ । स्वाप रेरियो निर्णय गर्न बाँकी छ । दुईटा बोर्ड बसेर टुंगाउने छौं ।’