काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो ।
नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्द्धधन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालक लागि स्थायी लघुउद्यम सिर्जना गर्नका निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।
बैंककाअध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने, “समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको छ। वर्षौंको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ ।
हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमासचेत रहनआवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ ।
हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्छ। यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं।
नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासनहो र यसले बोट–बिरुवा र मानिसहरूमापारेको प्रभावले गर्दा यसको महत्वदिनहुँ बढ्दैछ । नबिल बैंक, नेपालकै एक अग्रणी बैंकले सुदृढ नेपालका लागि दिगोपन/स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको छ ।
ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ ।
यी उत्पादनहरू देशव्यापीरुपमा सबै शाखाहरूमा ल्याइए तापनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ ।
आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको छ ।
बैंकले यस समझौतामार्फत देशभरिका सिटिईभिटीपास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथाअन्य लघुवित्त/वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्ने छ । समझौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरे ।
आफ्नो देशभर १ सय १९ वटा शाखाकार्यालय, १ सय ८५ एटीएम र १ हजार ५ सयभन्दा धेरै नबिलरेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जालमार्फत निरन्तर गुनस्तरीय सेवाप्रवाह गरिरहेको छ ।
एक उच्चप्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरूलाई मूल्यअभिवृद्धि गर्न उच्च सेवावितरणका लागि लक्षित छ ।