काठमाडौं । कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणको लागि काठमाडौं उपत्यकामा “ख” वर्गका विकास बैंकहरु खोल्ने समय तोकिएको छ । डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालले आबद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरु सञ्चालन गर्ने समय तोकेको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । एसाेसिएसनले २३ गते आइतबारदेखि जेठमसान्तसम्म उपत्यका भित्र काठमाडौंमा २ दिन र भक्तपुर तथा ललितपुरमा एक–एक दिन विकास बैंकका शाखा खोल्न समय तोकेको छ ।
एसाेसिएसले जारी गरेको सूचनाअनुसार, जेठ २३ गते अर्थात आइतबार गरिमा विकास बैंकको लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक, सोमबार लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर, मंगलबार लाजिम्पाट, गोङ्गबु न्युरोड, कुमारीपाटी र सूर्यविनायक शाखा खुल्नेछन् ।
त्यस्तै बुधबार लाजिम्पाट, चाबहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर, बिहीबार लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक, शुक्रबार लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर शाखा सञ्चालन हुने सूचनामा उल्लेख छ । ३० गते आइतबार लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक तथा ३१ गते सोमबार लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघरमा गरिमा बैंक खुल्छ ।
२३ गते आइतबार ज्योति विकास बैंकको पेप्सिकोला, सीतापाइला र झम्सीखेल, सोमबार जोरपाटी, कीर्तिपुर र प्रयागपोखरी, मंगलबार बलम्बु, बानेश्वर, साँखु र बोडे शाखा खुल्नेछन् । न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह शाखा बुधबार खुल्छन् भने, बिहीबार ठमेल, कालिमाटी, सातदोबाटो तथा शुक्रबार महाराजगञ्ज, सुन्धारा र बोडेका शाखा सञ्चालन हुने एसोसिएसनले जनाएको छ । सूचना अनुसार, ३० गते आइतबार ज्योति विकास बैंकका असन, फुटुङ्ग, झम्सीखेल र ३१ गते कमलपोखरी, कोटेश्वर र च्यामासिंह शाखा सञ्चालन हुनेछन् ।
कामना सेवा विकास बैंकका शाखा २३ गते आइतबार सानागाउँ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली, सोमबार कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे, मंगलबार ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे सञ्चालन हुन्छन् । बुधबार कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला, बिहिबार सानागाउँ, चपली, ठमेल, कुलेश्वर, शुक्रबार भंगाल, न्युरोड र बालाजुका शाखा बैंक सञ्चालन हुने सूचनामा उल्लेख छ । ३० गते आइतबार चाबहिल, कलंकी, कुमारीपाटी, लोकन्थली तथा ३१ गते सोमबार ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधेका बैंक खुल्ने एसोसिएसनले जनाएको छ ।
लुम्बिनी विकास बैंकका शाखाहरु २३ गते आइतबार डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर सोमबार बोडे, गोङ्गबु र ठमेल, मंगलबार बसुन्धरा, मंगलबजार र नरेफाँट, बुधबार नारायणटार, कौशलटार र ढुङ्गेधारा खुल्नेछन् । साथै बिहीबार महालक्ष्मीस्थान, न्यूरोड र टोखा, शुक्रबार कपन, कुलेश्वर, लेले तथा ३० गते आइतबार त्रिपुरेश्वर, कुमारीपाटी, डिल्लीबजार र ३१ गते सोमबार ठमेल, गोङ्गबु, बोडेमा सञ्चलन हुनेछन् ।
महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरु २३ गते आइतबार दरबारमार्ग, सुकेधारा, सातदोबाटो, सोमबार ठमेल, मैतीदेवी, झम्सिखेल मंगलबार दरबारमार्ग, डल्लु, कुमारीपाटी, भक्तपुर तथा बुधबार बसुन्धरा, संखमुल र सातदोबाटोमा खुल्नेछन् । त्यस्तै विहिबार दरबारमार्ग, चावहिल, झम्सिखेल शुक्रबार पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर, ३० गते आइतबार दरबारमार्ग, न्यूरोड, सातदोबाटो तथा ३१ गते सोमबार सानोभर्याङ्ग, गोङ्गबु र झम्सिखेल सञ्चालन हुनेछन् ।
मुक्तिनाथ विकास बैंकहरु २३ गते आइतबार कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी सोमबार न्युरोड, टोखा, कुपण्डोल, कमलविनायक, मंगलबार नयाँ बानेश्वर, सीतापाइला, इमाडोल, सूर्यविनायक, बुधबार महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमीमा खुल्नेछन् । कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायकमा बिहीबार, कोटेश्वर, बसुन्धरा, बाँडेगाउँ र कमलविनायकमा शुक्रबार, कमलादी, कीर्तिपुर, कुमारीपाटी, थिमीमा ३० गते आइतबार तथा ३१ गते सोमबार न्युरोड, टोखा, कुपण्डोल र कमलविनायकमा शाखा खुल्ने एसोसिएसनले जनाएको छ ।
साग्रला डेभलपमेण्ट बैंक २३ गते आइतबार न्युरोड, कुमारीपाटी, थिमी, नयाँबानेश्वर, सोमबार असन, इमाडोल, पेप्सीकोला, कमलविनायक, मंगलबार अनामनगर, बनस्थली, नखिपोट, थिमी तथा बुधबार नारायनटार, सानेपा, कपन र कमलविनायकमा खुल्नेछ । साथै विहिबार बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल शुक्रबार नखिपोट, टोखा, कालीमाटी र कमलविनायक, ३० गते बिहीबार न्युरोड, कुमारीपाटी, थिमी, बानेश्वर र ३१ गते शुक्रबार इमाडोल, पेप्सीकोला, कमलविनायक तथा असनका शाखा कार्यालयहरु सञ्चालन हुनेछन् ।
साइन रेसुगा डेभलपमेन्ट बैंक २३ गते आइतबा गोङ्गबु, नयाँ बानेश्वर, सोमबार कलंकी र न्यूरोड, मंगलबार नयाँ बानेश्वर, महाराजगञ्ज, बुधबार न्युरोड, गोङ्गबु र बिहीबार नयाँ बानेश्वर तथा कलंकीमा खुल्छ । त्यस्तै शुक्रबार न्यूरोड र महाराजगञ्ज ३० गते आइतबार कलंकी, गोङ्गबु र ३१ गते सोमबार नयाँ बानेश्वर, न्युरोडमा शाखा कार्यालय खुल्ला रहने छन् ।
एसोसिएसनले काठमाण्डौ उपत्यका भित्र बैंकका शाखा कार्यालयहरु बिहान १० देखि २ बजेसम्म खुल्ले जनाएको छ । उपत्यका बाहिर भने सम्बन्धित स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुनेछन् ।