काठमाडौं । सरकारले सुरुङको माध्यमबाट एक नदीको पानी अर्काे नदीमा पथान्तरण (डाइभर्सन) गरी देशैभरि खेतीयोय जमिनमा सिँचाइ सुविधा पुर्याउन र बिजुली उत्पादनको लक्ष्य लिएको छ ।
जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले सम्भावनायुक्त स्थानहरुमा नदी पथान्तरण आयोजना निर्माण गरी पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका तराईका विभिन्न भागहरुमा सिंचाइ सुविधा विस्तार र यसबाट बिजुली पनि उत्पादनको योजना अघि सारेको हो ।
मन्त्रालयले आगामी आर्थिक वर्ष ५ वटा नदी पथान्तरण आयोजना अघि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भएको छ । यस्तै दुईवटा नदी पथान्तरण आयोजनाको काम सुरु भइसकेको छ । एउटाको १२ किलोमिटर लामो सुरुङ खन्ने काम पनि सकिएको छ । यसका लागि अर्थ मन्त्रालयले बजेटसमेत विनियोजन गरेको छ ।
यी दुई पथान्तरण आयोजनाबाट लाखौं हेक्टर जमिनमा सिँचाइका साथै ७९ मेगावाट बिजुली पनि उत्पादन हुने अध्ययनले देखाएको छ । मन्त्रालयले तमोर–चिस्याङ, कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको डीपीआर तयार पार्ने भएको छ । आयोजना कायान्र्वयनको ढाँचा निधार्रण र स्रोत व्यवस्थापनको काम सम्पन्न गरी निमार्ण सुरु गर्ने भएको छ ।
माडी–दाङ र पश्चिम सेती–कैलाली नदी पथान्तरण आयोजनाको डीपीआर तयार पार्न पनि बजेट विनियोजन गरिएको छ । नौमुरे बहुउद्देशीय नदी पथान्तरण आयोजनाको डीपीआर आगामी वर्षदेखि तयार हुने भएको छ ।
तराई मधेशका धनुषा, महोत्तरी, सलार्ही, रौतहटलगायत प्रदेश नं २ मा थप १ लाख २२ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलव्ध गराइ देशको आर्थिक रुपान्तरणको आधार तयार पार्ने योजना सरकारको छ । यसअन्तर्गत सुनकोसी–मरिन
बहुउद्देशीय नदी पथान्तरण आयोजनाको सुरुङ निर्माणलाई तीब्रता दिइने भएको मन्त्रालयले जनाएको छ ।
आगामी आर्थिक वर्षमा आयोजनाको हेडवक्र्स र विद्युतगृहको निर्माण सुरु हुनेछ । आयोजनाको निर्माण सम्पन्न हुँदा सम्पूर्ण कमाण्ड एरयामा सिँचाइ पुर्याउने मुल र शाखा नहरको निर्माण पनि सुरु हुने भएको छ । यस आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस आयोजनाबाट ३१ मेगावाट बिजुली पनि उत्पादन हुनेछ ।
निर्माणधिन भेरी–बबई पथान्तरण बहुउद्देशीय आयोजनाको हेडवक्स निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने मन्त्रालयले जनाएको छ । आउँदो २ वर्षभित्र बाँके र बर्दिया जिल्लाका थप १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्नुका साथै ४८ मेगावाट क्षमताको विद्युतगृह निर्माण सम्पन्न गरिने भएको छ । यस आयोजनाका लागि ३ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।