काठमाडौं । हरेक मान्छेसँग आ–आफ्नै सपना र योजना हुन्छन् । कतिले पूरा गर्छन् त कतिको अधुरै रहन्छ । सपना साकार गर्न पनि त लगाब चाहिन्छ ।
त्योसँगै आर्थिक पाटो जोडिन्छ नै । यस्तै संघर्ष र चुनौतीसँग सामना गर्दै दक्षिण एसियामा नै पहिलो प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्ने व्यक्ति हुन, सानुबाबु सुनुवार ।
सगरमाथाबाट समुद्र सतहसम्म प्याराग्लाइडिङ गर्न उनी विश्वमा नै पहिलो व्यक्ति हुन् । त्यस्तै सन् २०१० मा विश्वकै पहिलो व्यक्तिका रूपमा प्याराग्लाइडिङमार्फत मेची–महाकाली यात्रा गरेर रेकर्ड कायम गरेका थिए ।
रामेछापको रामपुरमा विक्रम संवत् २०४० सालमा बुबा दलबहादुर र आमा स्यामसुङ सुनुवारको कोखबाट जन्मिएका सानुबाबुले विभिन्न कीर्तिमानी र रेकर्ड कायम गरेका छन् । उनले सगरमाथाबाट एक महिना लगाइ प्याराग्लाइडिङ गरेर सन् २०११ मे २१ मा समुद्र सतहसम्म पुगेका थिए ।
सगरमाथाबाट समुद्र सतहसम्म प्याराग्लाइडिङ गर्न उनी विश्वमा नै पहिलो व्यक्ति हुन् । त्यस्तै सन् २०१० मा विश्वकै पहिलो व्यक्तिका रूपमा प्याराग्लाइडिङमार्फत मेची–महाकाली यात्रा गरेर रेकर्ड कायम गरेका थिए ।
उनलाई नेपालको मेची–महाकाली यात्रा गर्न १८ दिन लागेको थियो । त्यस्तै माउन्ट किलिमञ्जरो सन् २०१३ फेब्रुअरी १० मा, २०१६ जुन १५ मा माउन्ट एलब्रुसबाट समेत विश्वकै पहिलो व्यक्तिका रूपमा प्याराग्लाइडिङ गरिसकेका छन् । साथै सन् २०१२ मा नेश्नल ज्योग्राफीबाट विश्व साहसिको समेत रेकर्ड राखेका छन् ।
सुनुवारले विगत सम्झिदै भने, ‘गाउँमा जन्मिएको मान्छे सुनकोसीमा विदेशीले ढुङ्गा चलाएको देख्दा म पनि त्यस्तै बन्न पाए गाउँका सबैले मलाई नै हेथ्र्ये भन्नि सोच आउँथ्यो मनमा ।’ उनलाई सानैदेखि अरूले गरेको भन्दा फरक काम गरेर समाजमा परिचित हुनुपर्छ भन्ने लाग्थ्यो । कक्षा ५ देखि करिब २ घण्टा टाढा सिन्धुली जिल्लाको विद्यालयमा पढ्न जाँदा सुरु भएको उनको संघर्षको यात्राले अहिले भने मूर्तरूप लिँदैछ ।
सुनुवारले प्याराग्लाइडिङ गर्दा नेपालमा प्याराग्लाइडिङ सम्बन्धी नीति नियम नै बनेको थिएन । उनकै पहलमा अहिले प्याराग्लाइडिङको पनि कानुन बनाइएको छ । अहिले भने उडान गर्नका लागि नेपाल नागरिक उड्डयन न प्राधिकरणसँग अनुमति तथा स्थानीय सरकारलाई जानकारी दिनुपर्छ ।
उनको शैक्षिक योग्यता एसएलसी मात्रै हो । तर, प्याराग्लाइडिङ क्षेत्रको अध्ययन भने अमेरिका, बेलायत, फ्रान्स, स्वीटजरल्याण्डमा करिब १० वर्ष लगाएर पूरा गरेको उनी बताउँछन् । प्याराग्लाइडिङ पाइलटका रूपमा पहिचान बनाएका सानुबाबु र्याफ्टिङमा पनि उत्तिकै दख्खल राख्छन् ।
सुनुवारले विगत सम्झिदै भने, ‘गाउँमा जन्मिएको मान्छे सुनकोसीमा विदेशीले ढुङ्गा चलाएको देख्दा म पनि त्यस्तै बन्न पाए गाउँका सबैले मलाई नै हेथ्र्ये भन्नि सोच आउँथ्यो मनमा ।’ उनलाई सानैदेखि अरूले गरेको भन्दा फरक काम गरेर समाजमा परिचित हुनुपर्छ भन्ने लाग्थ्यो । कक्षा ५ देखि करिब २ घण्टा टाढा सिन्धुली जिल्लाको विद्यालयमा पढ्न जाँदा सुरु भएको उनको संघर्षको यात्राले अहिले भने मूर्तरूप लिँदैछ ।
अरूबाट प्रेरणा पाएर अगाडि बढ्नुभन्दा पनि आफ्नै योजनाअनुसार अगाडि बढ्ने मान्छे सफल हुन्छ भन्ने लाग्छ, उनलाई । उनी भन्छन्, ‘म सानु हुँदा रामायण पढ्थ्येँ, भिडियो थिएन त्यो बेला पढेको भरमा रामायणको हनुमान उडेको कल्पना गथ्र्यें र त्यसरी नै उड्न पाए हुन्थ्यो भन्ने सोच आउँथ्यो ।
अहिले भने उनले र्याफ्टिङमा समय दिन नभ्याएको कारण प्याराग्लाइडिङ क्षेत्रमा मात्रै काम गरिरहेका छन् । साथै सुनुवार अहिले नेपाल नागरिक उड्डयान प्राधिकरणको मनोरञ्जनात्मक (रिकिस्नल क्षेत्र)लाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सल्लाह सुझावसमेत दिन लागिरहेका छन् ।
उनले आफ्नो विगत सम्झिदै भने, ‘वि.सं. २०५६ सालमा ५ सय रुपैयाँ लिएर भागेको मान्छे हुँ । सल्लाह गरेर हिँड्न घरबाट पाइँदैन थियो । घरकै पैसा लिएर काठमाडौं हिडँे ।’
तर, कसरी उड्ने भन्ने थाहा थिएन ।’ त्यसका साथै चरा उड्दाको बेगदेखेर यो कसरी सम्भव भयो होला ?, कहिले विस्तारै कहिले धेरै बेगमा किन उड्छ होला ? भन्ने प्रश्न दैनिक जसो मानसपटलमा घुमिरन्थ्यो ।
उनका अनुसार, खोलामा पौडी खेलेको जस्तो सजिलो र्याफ्टिङ गर्न हुँदैन । त्यसका लागि हिउँद, वर्षातको समयको पानीको बहाव, करेन्ट, छाल, पानीको उत्तराचढाबले पार्ने प्रभावमा कसरी र्याफ्टिङ गर्ने विषयमा छुट्टै अध्ययन गर्नुपर्छ । उनले र्याफ्टिङ सिकेनन् मात्रै र्याफ्टिङको विषयमा बेलायतबाट इनिष्टोटल (प्रशिक्षक) गरेका छन् ।
अहिले भने उनले र्याफ्टिङमा समय दिन नभ्याएको कारण प्याराग्लाइडिङ क्षेत्रमा मात्रै काम गरिरहेका छन् । साथै सुनुवार अहिले नेपाल नागरिक उड्डयान प्राधिकरणको मनोरञ्जनात्मक (रिकिस्नल क्षेत्र)लाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सल्लाह सुझावसमेत दिन लागिरहेका छन् ।
उनले आफ्नो विगत सम्झिदै भने, ‘वि.सं. २०५६ सालमा ५ सय रुपैयाँ लिएर भागेको मान्छे हुँ । सल्लाह गरेर हिँड्न घरबाट पाइँदैन थियो । घरकै पैसा लिएर काठमाडौं हिडँे ।’
उनलाई सुरुमा त प्याराग्लाइडिङ पाइलटभन्दा पनि सुनकोसीमा र्याफ्टिङ गर्न पाए गाउँलेले हात हल्लाएर सम्मान प्रकट गरेको हेर्ने रहरले काठमाडौंमा पुर्याएको थियो । त्यसो त उनीसँग आकाशमा चरा र रामायणमा हनुमान जसरी उड्ने सपना भने मरेको थिएन ।
रहर र सपना एकातिर अनि बिरानो सहरको बाध्यता र विवशता अर्का तिर ।
त्यो बेला उनले काठमाडौंमा प्याराग्लाइडिङ र र्याफ्टिङ दुवै सिक्न पाएनन् । काठमाडौं प्रवेश गर्दाको दुःख सानुबाबु सम्झिन चाहँदैनन् । ‘धेरै दुःख गरेँ त्यो बेला, अहिले सुनाएर कसरी सक्नु ?’ उनी प्रतिप्रश्न गर्छन् ।
उनको काम कै सिलसिलामा एक्सुडस कम्पनीका मान्छेसँग भेट भयो । उक्त कम्पनी पोखरामा थियो । केही समयपछि उक्त कम्पनी बन्द भयो र उनको सिकाइ राम्रो हुन सकेन । एउटा र्याफ्टिङको सामान पाउने पसलमा काम गर्न थाले र राम्रोसँग सिक्ने अवसर पनि उनले प्रप्त गरे ।
सन् १९९९ मा उनले र्याफ्टिङ सिकेका हुन् । सुनुवारको र्याफ्टिङ यात्रा विभिन्न प्रतियोगितामा सहभागी हुँदै अगाडि बढ्यो । साथै त्यसै क्रममा उनले प्याराग्लाइडिङ गर्ने मान्छेलाई साथी बनाउन पाए । र, सन् २००६ मा उनले प्याराग्लाइडिङ पनि सिके ।
तेस्रो प्याराग्लाइडिङ पाइलटका रूपमा काम गर्दै आएका उनले सन् २०११ मा स्वीट्जरल्याण्डको अनुमतिमा ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ नामको दक्षिण एसियामा नै पहिलो प्याराग्लाइडिङको स्कुल स्थापना गरेका हुन् ।
नेपालमा प्याराग्लाइडिङ पाइलटको पहिलो लाइसेन्स राजेश बम्जनले प्राप्त गरेका छन् । सुनुवारका अनुसार बम्जनलाई उमेरको श्रेष्ठता र सुनुवारले भन्दा केही वर्ष अगाडि सिकेको कारण एक नम्बरको लाइसेन्स दिइएको हो । सुनुवार भन्छन्, ‘मलाई जोर नम्बर मन पर्दैन त्यही भएर २ नम्बर पनि नलिएर लाइसेन्सको आधारमा नेपालको तेस्रो प्याराग्लाइडिङ पाइलटको रूपमा छु ।’ दोस्रो पाइलट भने दामोदर पराजुली हुन् ।
तेस्रो प्याराग्लाइडिङ पाइलटका रूपमा काम गर्दै आएका उनले सन् २०११ मा स्वीट्जरल्याण्डको अनुमतिमा ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ नामको दक्षिण एसियामा नै पहिलो प्याराग्लाइडिङको स्कुल स्थापना गरेका हुन् ।
तर, सरकारले भने २०१४ मा मात्रै स्वीकृति दिएको थियो स्कुल सञ्चालनका लागि । करिब ७० रोपनी जमिनमा फैलिएको उक्त स्कुलमा करिब १५ करोडको भौतिक संरचना छ । २ वटा गाडी किन्नका लागि भने ९० लाख जति बैंकबाट ऋण लिएका छन् ।
उनको वार्षिक बचत ३५ लाख जति हुन्छ । उनको एकल लगानीमा उक्त स्कुल सञ्चालन भएको हो । यदि कसैले प्याराग्लाइडिङ सिक्न चाहेमा उनीहरूको फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्नेछन् ।
नेपालमा प्याराग्लाइडिङ सम्बन्धी नीति नियम उक्त स्कुल सञ्चालन गर्दा बनिसकेको थिएन । सरकारको नियममा प्याराग्लाइडिङलाई समावेश गर्न उनले सल्लाहाकारको भूमिका निर्वाह गरेका थिए । सन् २०१४ मा नै नेपाल सरकारले कानुनमा प्याराग्लाइडिङलाई समावेश गरेको थियो ।
नेपाल सरकारले स्वीकृति प्रदान नगर्दासम्म साइसेन्स विदेशी नियमअनुसार प्रदान हुने गथ्र्याे । तर, नेपाल सरकारले कानुन बनाएपछि नेपालको लाइसेन्सले विश्वको कुनै पनि ठाउँमा गएर प्याराग्लाइडिङ गर्न सकिन्छ ।
सिक्न कति समय र पैसा लाग्छ ?
प्याराग्लाइडिङ ३ चरणमा सिक्न सकिन्छ । एक्लै र छोटो दूरीमा उड्नका लागि १५ दिनको कोर्ष पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि २ लाख ९६ हजार रुपैयाँ लाग्छ ।
तर, कोरोना भाइरसको कारण ४५ प्रतिशत छुट गराएर १ लाख ८० हजारमा सिकाउने गरेको उनको भनाइ छ ।
त्यस्तै केही टाढासम्मको एउटा उडान हुन्छ जसमा दिनभन्दा पनि कति घण्टा आकाशमा उडेको भन्ने कुरालाई आधार मानिन्छ ।
त्यस्तै व्यावसायिक रूपमा नै प्याराग्लाइडिङ गरेर बस्न चाहानेहरूले २५ महिनाको कोर्ष पूरा गर्नुपर्ने हुन्छ । जसलाई टेन्डम पाइलट भनिन्छ । उनीहरूलाई भने नेपाल सरकारबाट अनुमतिपत्र अर्थात लाइसेन्स प्रदान हुन्छ । प्याराग्लाइडिङको सम्पूर्ण कोर्ष पूरा गर्नका लागि १२ लाख रुपैयाँ लाग्छ ।
त्यस्तै लाइसेन्सका लागि ४० प्रतिशत लिखित तथा ६० प्रतिशतको प्रयोगात्मक परीक्षा दिनुपर्ने हुन्छ ।
नेपालमा सानुबाबुको सहित ३ वटा स्कुलले प्याराग्लाइडिङ सिकाउँदै आएका छन् । उनको स्कुलबाट मात्रै ४ सयभन्दा बढी पाइलट बनिसकेका छन् । हाल नेपालमा प्याराग्लाइडिङ पाइलटको संख्या करिब ५ सय जना रहेको उनले बताए । नेपालका स्कुलमा स्वदेशी तथा विदेशी दुवैले लगभग बराबरी नै सिक्छन् ।
सरकारले स्याङ्जाको भीरकोट क्षेत्रमा प्याराग्लाइडिङका लागि अनुमति दिएको छ । स्याङ्जामा मात्रै होइन आफ्नो जन्मभूमि रामेछाप र सिन्धुलीको सिमानामा पनि प्याराग्लाइडिङ गर्न ७–८ वर्ष पहिला नै प्रस्ताव पास गरेको उनले बताए । समय मिलाएर त्यहाँको पनि नापको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
बाबु एड्भर्जर स्कुलमा बेलायत, फ्रान्सका पनि शिक्षले प्रशिक्षण दिने गर्छन् । हाल ६ जना शिक्षक रहेको छ । उनको स्कुलले सरकारबाट एक पटकमा २५ जनासम्म सिकाउने अनुमति पाएको छ । तर, हासम्म एक पटकमा २२ जनालाई सिकाएको सुनुवार बताउँछन् । उनको स्कुल स्याङ्जाको भीरकोट नगरपालिका–५ मा रहेको छ ।
सरकारले स्याङ्जाको भीरकोट क्षेत्रमा प्याराग्लाइडिङका लागि अनुमति दिएको छ । स्याङ्जामा मात्रै होइन आफ्नो जन्मभूमि रामेछाप र सिन्धुलीको सिमानामा पनि प्याराग्लाइडिङ गर्न ७–८ वर्ष पहिला नै प्रस्ताव पास गरेको उनले बताए । समय मिलाएर त्यहाँको पनि नापको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
उनी मात्र होइन उनको श्रीमती सुस्मिता, छोराहरू हिमाल र निर्जल पनि प्याराग्लाइडिङको पाइलट हुन् । यद्यपि हिमालको उमेर १० वर्षमात्रै भएकाले उनीसँग लाइसेन्स छैन । तर, स्कुलको सर्टिफिकेट छ । कानुनले १६ वर्ष पूरा नभएसम्म लाइसेन्स दिँदैन ।
प्याराग्लाइडिङमा कोरोना प्रभाव कस्तो छ ?
द बाबु एड्भेन्चर स्कुलले मात्रै कोरोनाको कारण ५ करोड बढीको घाटा बेहोर्नु पर्यो । समग्र प्याराग्लाइडिङ क्षेत्रमा आश्रित रहेका करिब १ हजार जनाको रोजगारी गुमेको छ ।
प्याराग्लाइडिङ क्षेत्रमा १ महिनामा लगभग ६ करोडको व्यापार हुने सुनुवारको भनाइ छ । उक्त कारोबार गत सालको लकडाउनदेखि ठप्प जस्तै छ । बीचमा नेपाली पर्यटकले केही चलायमान भएको प्याराग्लाइडिङ व्यवसाय कोरोनाको दोस्रो लहर फैलिएसँगै फेरि चपेटामा परेको छ ।