काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण सुरु भएको छ ।
गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन् । शुभारम्भका दिन साढे ८ करोड लिटर पानी वितरण भएको थियो । चैत मसान्तसम्म परीक्षणका रुपमा साढे ८ करोड लिटर पानी वितरण गरिएको थियो ।
सुन्दरीजलका पानी दुवै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो ।
वैशाख १ देखि १० करोड लिटर पानी वितरण सुरु गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। अब केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै वैशाख ५ गतेसम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ ।
हाल सुन्दरीजलका पानी दुवै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पुर्याइ वितरण सुरु भएको छ ।
मेलम्ची खोलाबाट पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पुर्याएर परीक्षणका रुपमा वितरण गरिनेछ । सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ । यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ । पानी वितरणका लागि राजधानीमा ९ वटा पानी पोखरी र १ हजार १०० किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ ।
नयाँ धारा जोडिएको स्थानलाई १६२ क्षेत्रमा विभाजन गरिएको छ । यसरी विभाजन गरिएको क्षेत्रलाई ‘सब डिएमए’ नामकरण गरिएको छ । एउटा ‘सब डिएमए’ मा ५०० देखि ७०० सम्म धारा छन् ।
मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ । अनामनगरका ५ सय धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए ।
मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करिब ८० हजार नयाँ धारा जडान गरिएको छ । सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको उहाँले जानकारी दिए।
नयाँ वितरण प्रणालीबाट पानी दिइएको अनामनगर क्षेत्र ‘सब डिएमए’ ४.२.१ मा पर्ने लिमिटेडले जनाएको छ । यो १६२ वटै ‘सब डिएमए’ चक्रपथभित्र पर्छ ।
नयाँ धारा जोडिएको स्थानलाई १६२ क्षेत्रमा विभाजन गरिएको छ । यसरी विभाजन गरिएको क्षेत्रलाई ‘सब डिएमए’ नामकरण गरिएको छ । एउटा ‘सब डिएमए’ मा ५०० देखि ७०० सम्म धारा छन् ।
हाल नयाँ वितरण प्रणालीबाट पानी दिइएको अनामनगर क्षेत्र ‘सब डिएमए’ ४.२.१ मा पर्ने लिमिटेडले जनाएको छ । यो १६२ वटै ‘सब डिएमए’ चक्रपथभित्र पर्छ । यी सबै क्षेत्रमा नयाँ वितरण प्रणालीबाट पानी दिन लिमिटेडले काम गरिरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिए ।
यो क्षेत्रमा मेलम्चीको पाँचदेखि १० प्रतिशत पानी प्रयोग गरी ‘लिकेज टेस्ट’, ‘फ्लसिङ’, ‘सट रन टेस्ट’ र ‘डिस्इन्फेक्सन’ भइरहेको छ । परीक्षणको यो प्रक्रिया पूरा गरेपछि मात्र धारामा नयाँ मिटर जडान गरिन्छ । त्यसपछिदेखि नियमित रुपमा धारामा पानी आउँछ । यसका लागि आठ महिनासम्म लाग्ने आयोजनाको अनुमान छ ।
सडकले बिगार्यो ३० किमी वितरण प्रणाली
मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको ३० किमीको पाइप प्रणाली सडक बनाउँदा बिग्रिएको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएकाले बनाउन लागिएको छ । वितरण प्रणाली पुनःनिर्माणका लागि अर्थ मन्त्रालयमार्फत बजेट माग गरिएको लिमिटेडका सूचना अधिकारी प्रजापतिले बताए।
सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पुर्याइ वितरण सुरु भएको छ ।
सडक बनाउँदा बिग्रिएको वितरण प्रणाली बनाउन १६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक लागत अनुमान तयार भएको छ । यो प्रणाली पुनःनिर्माण नभएसम्म बिग्रिएको क्षेत्रमा पुरानै प्रणालीबाट पानी वितरण हुनेछ ।
३ सय स्थानका सडकमा पानी चुहावट
पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३ सय स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।
सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयूकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेको हो । चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गर्ने उहाँले बताउनुभयो । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ ।
छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौंले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरेसम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण खाल्डाखुल्डी हुने डिभिजन प्रमुख नेपालीले बताए। रासस