काठमाडौं । नेपाल सरकारका पूर्वसचिव विनोद केसीले सडक मिचेर भौतिक संरचना निर्माण गर्न थालेपछि स्थानीयवासी आक्रोशित भएका छन् । पूर्वसचिव केसीले ललितपुर महानगरपालिका–२४ धापाखेल बाँसघारी चोकमा महानगरपालिकालाई खुलेयाम चुनौती दिँदै मापदण्डविपरीत सपिङ सेन्टर निर्माण कार्य अघि बढाएका छन् ।
‘हामीले सानो अस्थायी घर बनाउनुपर्यो भने पनि महानगरपालिकाबाट नक्सा पास नगरी केही गर्न पाइ“दैन । तर, सरकारको पूर्वसचिवले भने नक्सा पास नै नगरी सडकको मापदण्ड मिचेर भौतिक संरचना निर्माण गरिरहेका छन्,’ वडा नम्बर २४, धापाखेल निवासी सन्तबहादुर तामाङ भन्छन्, ‘सानालाई ऐन, ठूलालाई चैन भनेको यही होला । शक्तिको आडमा उनले महानगरपालिकालाई ठाडो चुनौती दिएका छन् । महानगरपालिकाले कस्तो कदम चाल्छ हामी हेरिरहेका छौं ।’
महानगरपालिकाको मापदण्डअनुसार घर अथवा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सडकबाट कम्तीमा ५ फिट सडक छोडेर मात्रै निर्माण गर्न सकिन्छ । ललितपुर महानगरपालिकाले अब बन्ने भौतिक संरचनाका लागि कम्तीमा १३ फिट सडक हुनुपर्ने मापदण्ड कायम गरेको छ । २०७२ सालको भूकम्पपछि सडकका लागि जग्गा छुट्टयाउनुपर्ने मापदण्डलाई अझ कडाइ गरिएको हो । तर, पूर्वसचिव केसीले भने हाल कायम रहेको १० फिटको सडकमा १ इन्च पनि नछोडी पिल्लर हालेका छन् ।
‘यसलाई हामीले शक्तिको आडमा प्रदर्शन गरिएको दादागिरीका रूपमा बुझेका छौं । सर्वसाधारण नागरिकले महानगरपालिकाको मापदण्ड पालना गर्नुपर्ने तर ठूलाबडाले भने जे गरे पनि हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । यसतर्फ मेयर, उपमेयरलगायत महानगरपालिकाका पदाधिकारीले विशेष ध्यान दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ स्थानीयवासी दिलबहादुर केसीले भने ।
नगर प्रहरीले धापाखेल बाँसघारीस्थित साइटमा पुगी निर्माण कार्यमा प्रयोग भइरहेका सामग्रीहरू जफत गरेको थियो । नेपाल प्रहरीमा रहँदा उत्कृष्ट कार्य गरेका कारण सम्मानित हुँदै आएका हाछेतुले महानगरपालिकाको सुरक्षा नेतृत्वमा रहँदासमेत शक्तिको प्रभावमा नपरि काम गरेको भन्दै स्थानीयले उनको प्रशंसा गरेका छन् ।
स्थानीयवासी पूर्वसचिव केसीले वडा कार्यालयका पदाधिकारीहरूलाई प्रभावमा पारी मापदण्डविपरीतको काम अघि बढाएको आशंका गरेका छन् । उनले सडक मिचेर संरचना निर्माण गरेको २४ नम्बरका वडाध्यक्ष दिनेश कार्कीलाई जानकारी छ । उनले कानुनविपरीतको काम रोक्ने वा आफ्नो कार्यक्षेत्रअन्तर्गत नपर्ने भएमा महानगरपालिकाको सम्बन्धित निकायमा खबर गर्नुपर्ने थियो । तर, दुवै नगरी उनी सचिव केसीको सहयोगी बनेको आशंका स्थानीयवासीको छ । वडा कार्यालयका अधिकारीहरू भने सचिव केसीलाई गैरकानुनी काम नगर्नका लागि सम्झाइएको तर उनले जर्बजस्ती गरेको बताउँछन् ।
पूर्वसचिव केसीको गैरकानुनी कार्य रोक्न महानगरपालिकाका सुरक्षा विभाग प्रमुख सीताराम हाछेतुले भने प्रभावकारी कदम चालेका छन् । स्थानीयहरूले सचिव केसीको गैरकानुनी कार्यका बारेमा महानगरपालिकामा उजुरी गरेपछि महानगरपालिकाले तत्काल काम रोक्न र छलफलका लागि महानगरपालिकामा आउन निर्देशन दिएको थियो ।
तर, उनले महानगरपालिकाको निर्देशनलाई समेत लत्याएर निर्माण कार्य जारी राखेपछि नगर प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।
नगर प्रहरीले धापाखेल बाँसघारीस्थित साइटमा पुगी निर्माण कार्यमा प्रयोग भइरहेका सामग्रीहरू जफत गरेको थियो । नेपाल प्रहरीमा रहँदा उत्कृष्ट कार्य गरेका कारण सम्मानित हुँदै आएका हाछेतुले महानगरपालिकाको सुरक्षा नेतृत्वमा रहँदासमेत शक्तिको प्रभावमा नपरि काम गरेको भन्दै स्थानीयले उनको प्रशंसा गरेका छन् ।
उनले सुरुमा बाँस गाडेर अस्थायी संरचना बनाउन लागेको भनी ढाँटेका थिए । तर, नगर प्रहरीले उनले स्टिल स्टक्चरको प्रयोग गरी विशाल संरचना बनाउन लागेको स्थलगत रिपोर्ट बुझाएपछि महानगरपालिकामा उनको झूठको पर्दाफास भएको थियो ।
ललितपुर महानगरपालिकाले विगतमा सडक विस्तार गर्दासमेत पूर्वसचिव केसीले अवरोधको नेतृत्व लिएका थिए । महानगरपालिकाको वर्तमान नेतृत्वलाई असफल देखाउने अभियानमा उनी सक्रिय रहेको महानगरपालिकाका उच्च अधिकारीहरू बताउँछन् ।
स्थानीयवासीले पूर्वसचिव केसीले नक्सा पास नगरी मापदण्डविपरीत भौतिक संरचना निर्माण गरेको जानकारी महानगरपालिकालाई दिएपछि उनले सुरुमा बाँस गाडेर अस्थायी संरचना बनाउन लागेको भनी ढाँटेका थिए । तर, नगर प्रहरीले उनले स्टिल स्टक्चरको प्रयोग गरी विशाल संरचना बनाउन लागेको स्थलगत रिपोर्ट बुझाएपछि महानगरपालिकामा उनको झूठको पर्दाफास भएको थियो ।
‘यस विषयमा मेयर, उपमेयरको तहबाट गम्भीरतापूर्वक अध्ययन भई कारबाही अगाडि बढ्नेछ भन्ने हाम्रो आशा छ । यदि उहाँलाई नक्सा पास नगरी सडक मिचेर संरचना निर्माण गर्न छुट दिइयो भने भोलि महानगरपालिका भर नै यस्तो अराजक अवस्था निम्तिनेछ’, स्थानीय बाबुकाजी डंगोल भन्छन्, ‘हामी महानगरपालिका नेतृत्वको कदमलाई सूक्ष्म रूपमा नियाली रहेका छौं । आशा छ, कानुन सबैले पालना गर्नुपर्छ भन्ने सन्देश उहाँहरूले दिनुहुनेछ ।’