काठमाडौं । आगामी दुई साताभित्र मेलम्ची खानेपानी आयोजनाबाट आपूर्ति भइरहेको पूरै पानी वितरण हुने भएको छ । आइतबार ४ करोड लिटर वितरण भएकोमा मंगलबार दोब्बर बढेर साढे ८ करोड लिटर पानी वितरण गरिएको छ ।
आउँदो दुई साताभित्र अर्थात वैशाखदेखि मेलम्चीबाट आपूर्ति गरिएको १७ करोड लिटर नै पानी वितरण गर्ने योजना रहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले क्यापिटल नेपाललाई जानकारी दिए ।
अहिले पानी वितरणका लागि प्रणालीहरुको परीक्षण गर्दै उपभोक्ताका धारामा वितरण गरिएको उनले बताए । ‘पानीको उपलव्धता दिन प्रतिदिन बढ्दै जान्छ । दुई हप्ताभित्र १७ करोड लिटर नै पानी वितरण गर्ने गरी काम भइरहेको छ,’ उनले भने ।
यो पनि हेर्नुहोस
याङ्ग्री र लार्केबाट पानी ल्याउन आउँदो साउनमा ठेक्का, २६ अर्ब लागत
मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्रका ८० हजार धारामा वितरण हुँदैछ । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट विभिन्न ४ वटा ठूला पोखरीहरुमा पानी भर्ने काम पूरा भइसकेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार, अहिले महांकालचौर, अनामनगर, मीनभवन र खुमल्टारमा वाटर रिजर्भवायर ट्यांकमा पानी भरेर उपभोक्ताका धारामा पठाइएको छ । केही उपभोक्ताका धारामा पानी वितरण हुन सकेको छैन ।
यो पनि हेर्नुहोस
राजधानीवासीलाई मेलम्चीको सपना बाँड्ने कृष्णप्रसाद भट्टराईको योजना आज बन्यो साकार
पानीको मात्रा बढाउँदै गएपछि अन्य उपभोक्ताका धारामा पनि पानी पठाइने केयूकेएलले जनाएको छ । खासगरी, पाटन क्षेत्रका केही भाग, महांकालचौर, बानेश्वर, चाबहिल, न्युरोड, अनामनगर, मैतीदेवी, मीनभवन, थापाथली लगायतका क्षेत्रमा पानी वितरण भइरहेको छ ।
चरणबद्ध रुपमा पानीको मात्रा थप्दै लगिने पाइप परीक्षण गर्दै वितरण हुने सचिव बेल्बासेले जानकारी दिए । सुरुमा परीक्षणको रुपमा उपभोक्ताका धारामा पानी पठाइने र पुनः सुरुङमार्ग खाली गरेर स्थायी रुपमा पानी वितरण हुनेछ ।
यो पनि हेर्नुहोस
धारामा आइपुग्यो मेलम्चीको पानी
केयूकेएलका अनुसार, ९ दिनमा मुस्किलले एकपटक धारामा पानी दिँदै आएकोमा १७ करोड लिटर मेलम्चीको पानी थपिएपछि दैनिक एक पटक धारामा दिनेछ ।
उपभोक्ताले कमसेकम आफूलाई चाहिने अवस्थामा मात्र पानीको उपयोग गर्न केयूकेएलले आग्रह गरेको छ । अनावश्यक रुपमा पानी खेर नफाल्न केयूकेएलको उपभोक्तालाई आग्रह छ ।
यो पनि हेर्नुहोस
साँझसम्म उपत्यकामा मेलम्चीको ४ करोड लिटर पानी परीक्षणको रुपमा वितरण हुँदै
सुरुमा चक्रपथभित्रका अधिकांश क्षेत्रमा पानी वितरण हुनेछ । नयाँ पाइपलाइनबाट पानी परीक्षणको काम पनि सँगसँगै अघि बढ्नेछ । मेलम्ची खानेपानी विकास समिति आयोजना निर्देशनालयले त्यसको तयारी अघि बढाइरहेको छ ।
चक्रपथ बाहिरका उपभोक्तालाई पनि पानी वितरण गर्न पाइपको परीक्षण हुनेछ । कम्तीमा एक वर्षभित्र नयाँ पाइपलाइनमार्फत सबैजसो उपभोक्ताका धारामा पानी वितरण हुने निर्देशनालयले जनाएको छ । ३१ अर्ब रुपैयाँ खर्च गरेर मेलम्चीबाट राजधानीमा पानी आपूर्ति सुरु भएको हो ।
यो पनि हेर्नुहोस
८० हजार धारामा मेलम्चीको पानी, यी क्षेत्रमा वितरण हुने
३१ अर्ब खर्चेर मेलम्चीको पानी काठमाडौंमा, अब दैनिक धारामा पानी
मेलम्ची आए पनि उपत्यकामा १८ करोड लिटर पानी अपुग, वितरणको जुर्यो साइत