काठमाडौं । कोरोना भाइरस महामारीविरूद्ध लड्न संयुक्त प्रयासको रूपमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, केन्द्र, एसियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र चौधरी फाउण्डेसनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल सुरु भएको छ ।
महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ । अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे छ ।
दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएका थिए।
राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतीहरू, अनुभवहरू र शिक्षा बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्ने बताइएको छ ।
अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिकासहित ज्ञान आदान प्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ ।
स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा सार्वजनिक–निजी साझेदारी पहल भएको बताइएको छ । संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसनीय हुँदै आएको छ ।