काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित श्रीचम्पादेवी माध्यमिक विद्यालय पुनर्निर्माण कार्य सुरु भएको छ । उक्त् भवन २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेकाे थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीनकुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित श्रीचम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि संयुक्त रुपमा शिलान्यास गरे ।
उक्त कार्यक्रममा विद्याल व्यवस्थापन समितिका प्रतिनिधि एवं स्थानीय समुदाय सदस्यहरुको उपस्थिति पनि थियो।
शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६औं विद्यालय हो । नेपालका ८ जिल्लामा कुल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण भारत सरकारले ५० कराेड रूपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्ता जनाएको छ।
यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिबद्ता पनि गरिसकेको छ ।
६ करोड ८५ लाख रूपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको यस चम्पादेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने बताए। नवनिर्मित संरचनामा दुइवटा ब्लकहरु रहनेछ । जसमा १३ वटा कक्षाकोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय आदि रहनेछन् ।