काठमाडौं । भारत सरकारको लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम ३४ प्रतिशत सकिएको छ । आयोजनाको अझै ६६ प्रतिशत काम बाँकी छ । आयोजनाको ९ किलोमिटर मध्ये ३ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।
हालसम्म आयोजनाको ३४ प्रतिशत काम सकिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए । उनले आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी काम जारी रहेको जानकार दिए ।
यो पनि हेर्नुहोस
नबिल र एभरेष्ट बैंकसंग ऋण सम्झौता हुँदै, अरुण तेस्रो जलविद्युतमा १४ अर्ब ४० करोड लगानी हुने
कोरोना भाइरस महामारीले गर्दा कामदार आपूर्ति हुन नसक्दा आयोजनाको काममा ढिलाइ हुन गएको निर्माण पक्षको भनाई छ । आगामी सन् २०२३ अर्थात २०८० भित्र अरुण तेस्रो सम्पन्न गर्ने योजना छ ।
आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर शिलान्यास गरेका थिए । सतलज जलविद्युत निगम लिमिटेडमा भारतको केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ ।
यो पनि हेर्नुहोस
प्रोजेक्ट फाइनान्सिङ्गमा नयाँ मोडेल स् अरुण तेस्रो आयोजनाको ऋणको ब्याज पुँजीकरण नहुने, कर्जा लिएको महिनादेखि भुक्तानी
जसमा, हिमाञ्चल प्रदेशको २५.५१ प्रतिशत र बाँंकी सर्वधारणको सेयर छ । सतलजले एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत आयोजनाको निर्माण सुरु गरेको हो ।
कम्पनीले संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४०० केभीको प्रसारण लाइन निर्माण गर्नेछ । २२५ मेगावाट क्षमताको चार वटा युनिटबाट ९ सय मेगावट बिजुली उत्पादन गरिनेछ ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौ रुपैयाँ पाउने छ । निर्मााणधिन मध्ये अरुण तेस्रो सबैभन्दा ठुलो आयोजना हो ।
आयोजना बनाउन १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्यु्त उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारण लाइन बनाउन खर्च हुनेछ ।
एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।एसजेबीएनले स्टेट बैंक अफ इन्डिया (एसबीआई) बाट ४१ अर्ब भारु अर्थात ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको छ ।
नबिल र एभरेस्टले गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन । भारतको एसबीआई र नेपालका एभरेस्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात ५० अर्ब भारु ऋण लिनेछ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।